प्रमुख समाचार

संवैधानिक इजलासमा अधिवक्ता भण्डारीको तर्क

‘राष्ट्रपतिले देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्थ्यो’

इकागज |
असार १३, २०७८ आइतबार १२:५ बजे

फाइल फोटो

काठमाडौँ : अधिवक्ता सविता भण्डारीले राष्ट्रपति विद्यादेवी भण्डारीमा बदनियत देखिएको बताएकी छन् । संसदको बहुमतअनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुको साटो प्रतिनिधि सभा विघटन गरेर राष्ट्रपति भण्डारीले बदनियत देखाएको उनको तर्क छ । 

प्रतिनिधि सभा विघटनविरुद्धको बहसमा अधिवक्ता भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीका लागि एक जनाले मात्रै दाबी गर्ने र बहुमत पुग्ने भएकाले सोही दाबीअनुसार राष्ट्रपतिले देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने पनि बताएकी छन् । 


‘राष्ट्रपतिलाई कुनै अधिकार नै थिएन । बदनियत देखिएको अवस्था हो’ उनले भनिन्, ‘ संविधानको धारा ७६ को उपधारा ५ भनेको एक जना सदस्यले मात्रै दाबी पेश गर्ने अवस्था हो । मलाई संसद्को विश्वास छ भनेर जाने हो। विश्वासको मत लिनसक्ने पर्याप्त आधार छ ।’ 

प्रधानमन्त्रीमा दाबी गर्न केपी शर्मा ओली गएपनि त्यो बहुमतका लागि पर्याप्त नभएकाले संविधानअनुसार देउवालाई नै प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्नेमा त्यसो नगरेर राष्ट्रपति भण्डारीले बदनियत राखेको उनले बताइन् ।

‘संविधानको धारा ७६ को उपधारा १ को ३ सम्मको व्यवस्था दलको लागि गरिएको व्यवस्था हो । त्यसपछिका व्यवस्था दलका लागि । ओलीले दलको विश्वास छ भनेर जान मिल्दैन’ उनले थप अगाडि भनिन्, ‘राष्ट्रपतिले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्थ्यो । ७६(५) ले राजनीतिक दलका कुरा गर्दैन । सांसद हौ भने तिमीले सरकार बनाउन सक्छौ ।’


 


Author

थप समाचार
x