प्रमुख समाचार

प्रतिनिधि सभा विघटन मुद्दा

सरकारी वकिलको बहस आजदेखि, महान्यायाधिवक्तालाई तीन घण्टा समय

इकागज |
असार १४, २०७८ सोमबार १०:१६ बजे

फाइल फोटो

काठमाडौँ : प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा आजदेखि (सोमबार) सरकारी वकिलहरूले बहस सुरु गर्ने भएका छन् । आइतबार निवेदक पक्षको बहस सकिएको थियो ।

महान्यायाधिवक्ता रमेश बडालले बहसको सुरुवात गर्नेछन् । सरकारी पक्षलाई बहस गर्न १५ घन्टा दिइएको छ । जसमा एक घन्टा सभामुख पक्षलाई छुट्याइएको छ ।
महान्यायाधिवक्ताले तीन घण्टा र नायब महान्यायाधिवक्ता पदम पाण्डेले दुई घण्टा बहस गर्ने तय भएको छ ।

११ जना सरकारी वकिलले बहस गरिसकेपछि प्रधानमन्त्रीका करिब २५ निजी वकिलले बहस गर्ने अधिवक्ता ईश्वरी भट्टराईले जानकारी दिए । सरकारी वकिललाई साढे सात घण्टा र निजी वकिललाई साढे छ घण्टा समय दिइएकाे छ ।



Author

थप समाचार
x