प्रमुख समाचार

सार्वजनिक यातायातमा जोरबिजोर र पसल खोल्नै लागेको हो त ? यसो भन्‍छन् काठमाडौँका सिडिओ

इकागज |
असार १४, २०७८ सोमबार १०:३२ बजे

काठमाडौँ : दोस्रो लहरको कोभिड-१९ को संक्रमण बढेपछि काठमाडौँ उपत्यकाका तीनै जिल्लाले वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेका थिए । आज ( सोमबार)  निषेधाज्ञा लागू भएको ६१ दिन पुगेको छ ।

पछिल्लो समय निषेधाज्ञाले सर्वसाधारण तथा आममानिसको जनजीवन कठिन बन्दै गएकाले तीनै जिल्लाका जिल्ला प्रशासान कार्यालयले निषेधाज्ञा खुकुलो बनाउँदै लगेका छन् । निषेधाज्ञा खुकुलो बनाएपछि बिहान ११ बजे खाद्यान्‍न पसल खोल्ने र बार अनुसार अन्य पसल खोल्न पाइने निर्णय गरिसकेको छ ।


अघिल्लो साता थपेको निषेधाज्ञा आज राति १२ बजे सकिँदैछ । त्यस अगावै निर्णय लिनका लागि काठमाडौँ जिल्ला प्रशाशन कार्यालयमा प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्‍दैछ ।

सार्वजनिक यातायात र खाद्यान्न पसल खोल्ने विषयमा छलफल अघि बढेको काठमाडौँ जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । सम्भवःत आजको बैठकले खाद्यान्‍न पसलको खोल्ने समय बढाइने उनले जानकारी दिए ।

सार्वजनिक यातायात पनि जोरबिजोरमा खोल्ने विषयमा छलफल भइरहेको पराजुलीले जानकारी दिए । निर्माणसामग्री पसल तथा लुगाका पसल र डिपार्टमन्टल स्टोरको खुल्ने समय एउटै रहने उनले जानकारी दिए ।


Author

थप समाचार
x