प्रमुख समाचार

कोभिड– १९ अपडेट

थप ४१ जनाको मृत्यु, २ हजार ८०० संक्रमित

इकागज |
असार १६, २०७८ बुधबार १७:१० बजे

काठमाडौँ : नेपालमा बुधबार थप २ हजार ८ सय ९२ जनामा कोभिड-१९ पुष्टि भएको छ । देशभर गरिएको ७ हजार १ सय ८७ पीसीआर परीक्षणका क्रममा १ हजार ८ सय ८९ र ४ हजार ३ सय ८१ एन्टीजेन परीक्षणका क्रममा एक हजार ३ जनामा कोभिड-१९ पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

योसँगै नेपालमा कोभिड-१९ संक्रमितको संख्या ६ लाख ७३ हजार ७४९ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ४१ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ९ हजार १ सय १२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।


त्यस्तै थप ३ हजार ५ सय ९७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ५ लाख ९६ हजार १३२ जना संक्रमित निको भएका छन् । हालसम्म नेपालमा ३३ लाख ४४ हजार १३३ वटा पिसिआर र १ लाख ८८ हजार ८११ वटा एन्टीजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । 


Author

थप समाचार
x