प्रमुख समाचार

मर्स्याङ्दीको बाढीले बगायो गोरखा-तनहुँ जोड्ने झोलुंगे पुल

इकागज |
असार १८, २०७८ शुक्रबार १०:३८ बजे

काठमाडौँ : गएरातीदेखि मर्स्याङ्दी नदीमा आएको अविरल वर्षापछिको बाढीले गोरखा र तनहुँ जोड्ने झोलुंगे पुल बगाएको छ । बिहानदेखि पुलको केही भाग डुबाएको थियो । केहीबेरअघि भने पुलको एकातिरको खम्बा ढलेपछि पुल भत्किएको हो ।

पुल भत्किएपछि आवातजावत बन्द भएको छ । गोरखा नगरपालिका–१४ गौप्लिङ र तनहुँको आँबुखैरनी–२ एक्ले फाँट जोड्ने पुल भत्किएपछि स्थानीय बासिन्दालाई नदी वारपार गर्न समस्या भएको छ । 



Author

थप समाचार
x