प्रमुख समाचार

रामनगर गाउँपालिकाका अध्यक्ष वर्माको निधन

इकागज |
असार २०, २०७८ आइतबार १०:९ बजे

काठमाडौँ : सर्लाहीको रामनगर गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद वर्माको उपचारका क्रममा गयराति निधन भएको छ। मिर्गौला, मधुमेहलगायतमा समस्या रहेका ६७ वर्षीय वर्मालाई स्वास्थ्यमा समस्या भएपछि एक साताअगाडि काठमाडौं ल्याइएको थियो ।  बर्माको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । 

गाउँपालिका अध्यक्ष वर्माको गए राति निधन भएको जानकारी आएको गाउँपालिका कार्यालयले जनाएको छ । 


अध्यक्ष वर्माको शव एम्बुलेन्समार्फत्  सर्लाही पुर्‍याएर बागमती नदी घाटमा अन्त्येष्टी गर्ने तयारी छ। उनी नेपाली कांग्रेसबाट उम्मेद्वार भएर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । 


Author

थप समाचार
x