प्रमुख समाचार

संवैधानिक इजलास

विषयभन्दा बहस बाहिर गयो भन्दै झोक्किँए प्रधानन्यायाधीश

इकागज |
असार २०, २०७८ आइतबार १३:८ बजे

काठमाडौँ : सभामुख अग्‍निप्रसाद सापकोटाका कानुन व्यवसायीले विषयभन्दा बहस बाहिर गएर बहस गरेको भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा झोक्किँएका छन् । सभामुख सापकोटाका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता श्रीकृष्ण प्रपन्‍न सुवेदीले विषयभन्दा बाहिर गएर बहस गरेको भन्दै प्रधानन्यायाधीश राणा झोक्किँएका हुन् । 

सुवेदीले प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक विघटन भएको प्रतिनिधि सभा पुनःस्थापना भएपछि  प्रतिनिधि सभालाई असहयोग गरेको बताएका थिए । 'प्रतिनिधि सभा विघटन गर्दा भामुखसँग सल्लाह गर्नुपर्थ्यो । तर कुनै सल्लाह नगरी विघटन गरियो । पहिलो पटक गरिएको विघटन बदरपछि प्रधानमन्त्रीले पटक-पटक हाउसले असहयोग गर्‍यो भन्नुभयो । तर प्रधानमन्त्री नै हाउसमा एक पटक पनि उपस्थित हुनुभएन । ९ पटकको बैठकमा उहाँ उपस्थित हुनुभएन,' सुवेदीले बहसका क्रममा भने । 


त्यसपछि राणा विषयभन्दा बहस बाहिर गयो भन्दै झोक्किँएका हुन् ।  'विषयमा आउनुस् । किन हाउसको कुरा ल्याउनुहुन्छ ?,' प्रधानन्यायाधीशले झर्केर भने ।

जवाफमा सुवेदीले भने, 'पुनःस्थापना भएको संसद्लाई असहयोग गरेको विषय भनेको हो श्रीमान ।'


Author

थप समाचार
x