सुजिता भण्डारी प्रकरण : चितवनमा २४ घण्टा कर्फ्यु
चितवनः चितवनकी २३ वर्षीया सुजिता भण्डारीको मृत्युको विषयलाई लिएर सार्वजनिक शान्ति भंग गर्न सक्ने अवस्था देखिएको भन्दै जिल्ला प्रशासनले कर्फयू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश अनुसार २२ गते साँझ साढे सात बजेदेखि २३ गते बेलुकी साढे सात बजेसम्म कर्फ्यू लगाइएको छ ।
आदेशको अवज्ञा गर्नेलाई एक महिनासम्म कैद वा जरीवाना वा दुबै सजाय हुने जनाइएको छ । कर्फयू अवधिभर लामो दुरीका सवारीसाधन स१चालनबाहेक कुनै पनि व्यक्ति आवतजावत गर्न, भेला हुन र स्थानीय प्रशासनको स्वीकृति बिना घरबाहिर निस्कन नपाउने उल्लेख गरिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया