युरो च्याम्पियनसिप २०२०
स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदै इटाली चौथोपटक फाइनलमा
काठमाडौँ : इटाली युरो च्याम्पियनसिप २०२० फुटबलको फाइनलमा पुगेको छ । मंगलबार राती स्पेनलाई पेनाल्टी सुटआउटमा ४-२ गोलले हराउँदै इटाली फाइनलमा पुगेको हो ।
निर्धारित ९० मिनेटको खेल एक-एक गोलको बराबरीमा सकिएको थियो । इटालीका लागि फेडरिको चिसीले ६० औँ मिनेटमा गोल गरेका थिए । खेलको ८० औँ मिनेटमा स्पेनका लागि अल्भारो मोराटाले बराबरी गोल गरे । निर्धारित ९० मिनेटको खेल एक-एक गोलको बराबरीमा सकिपछि अतिरिक्त समयमा धकेलिएको थियो । थपिएको ३० मिनेटमा पनि निर्णायक गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुग्यो ।
जहाँ इटालीले चार गोर गर्दा स्पेनले दुई गोल मात्रै पेनाल्टीमा गर्न सक्यो । सुरुमा इटाली र स्पेनका खेलाडीले गोल गर्न सकेनन् । त्यसपछि इटालीले लगातार चार गोल गर्दा स्पेनले एक गोल मात्रै गर्न सक्यो । यसअघि गोल गरेका अल्भारो मोराटाले नै पेनाल्टीमा गोल गकेनन् । जसकारण स्पेन हार्न बाध्य भयो । हारसँगै स्पेन सेमिफाइनलबाटै घर फर्किएको छ ।
इटाली चौथोपटक फाइनल पुगेको छ । अब उसले उपाधिका लागि इंगल्यान्ड र डेनमार्कको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल खेल आज राती हुनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया