प्रमुख समाचार

पार्टी एकताबारे वार्ता गर्न राप्रपाले बनायो तामाङको संयोजकत्वमा समिति

इकागज |
असार २३, २०७८ बुधबार १९:४९ बजे

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले समान विचारधारा भएका समूह र व्यक्तिहरूसँग वार्ता गर्न समिति बनाएको छ । आज बसेको पार्टीको केन्द्रीय विशेष समितिको बैठकले वरिष्ठ नेता बुद्धिमान तामाङको संयोजकत्वमा वार्ता समिति गठन गरेको हो ।

‘समान विचारधारा भएका समुह र व्यक्तिहूसँग वार्ता गर्न पार्टीका नेता बुद्धिमान तामाङको संयोजकत्वमा जगत गौचन र ऋषिबाबु परियार सदस्य रहेको वार्ता समिति गठन गरिएको छ,’ बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।


त्यस्तै बैठकले उद्वव पौडेलको संयोजकत्वमा आर्थिक समिति र बुद्धिजीविहूसँग अन्तर्क्रिया गर्न भुवन पाठकको संयोजकत्वमा जयन्तनाथ खनाल र यादवप्रसाद ढुंगाना सदस्य रहेको आयोजक समिति गठन गरेको पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

 
 


Author

थप समाचार
x