संविधान र लोकतन्त्रको मर्म विपरीत अध्यादेश ल्याइयो: प्रचण्ड
फाइल फाेटाे
चितवन-नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले नियमित सदन बोलाएर विधेयक ल्याउनुपर्नेमा जोड दिएका छन् ।
चितवनको माडी स्थित सोमेश्वर माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सरकारले संविधान र लोकतन्त्रको मर्म विपरीत अध्यादेश ल्याएको आरोप लगाए । संविधान र लोकतन्त्रको मर्म र भावना अनुरूप काम गर्न अध्यक्ष दाहालले सरकारसँग आग्रह समेत गरे ।
“सदन छलेर अध्यादेश ल्याउनु उचित होइन” अध्यक्ष दाहालले भने।
पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले जनताले प्राप्त गरेको उपलब्धिको रक्षा गर्न सबैले आ–आफ्नो ठाउँबाट आवाज उठाउनुपर्ने बताए । अध्यक्ष दाहालले सबैको चिन्ता संविधान, समावेशीता र सङ्घीयता को संरक्षण गर्ने हुनुपर्नेमा जोड दिए । कार्यक्रमको अवसरमा उनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि अभिभावक, जनप्रतिनिधि र शिक्षक सबैको मेहनत आवश्यक पर्ने उल्लेख गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया