पूर्वप्रधानमन्त्री खनालको उपचार खर्च सरकारले व्यहोर्ने
काठमाडौं : एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । केही दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले खनालको समपूर्ण उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको हो ।
स्वस्थ्य अवस्था थप जटिल बन्दै गएपछि थापाथलीस्थित नर्भिक अस्पतालबाट निकालेर खनाललाई भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पताल पुर्याइएको थियो । उनको अहिले त्यही उपचार भइरहेको छ ।
सत्तारुढ एमालेकै नेता भए पनि उनी प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीका गतिविधिविरुद्ध संघर्ष गरिरहेको वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा थिए । अहिले नेता नेपाललाई फकाउनु पर्ने भएकाले खनालको सम्पूर्ण उपचार खर्च व्यहोर्ने निर्णय गरेका हुन् । यसले कुरा गर्न केही सहज हुने नेताहरू बताउँछन् ।
मुख्यसचिव शंकरदास बैरागीले विज्ञप्ति जारी खनालको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले व्यहोर्ने निर्णय गरेको जनाएका छन् । “पूर्वप्रधानमन्त्री झलनाथ खनालको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारका क्रममा लागेको सम्पूर्ण खर्च नेपाल सरकारले बेहोर्ने । उक्त खर्च अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालयको नाममा निकासा दिने र परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासमार्फत् भुक्तानी गर्ने व्यवस्था गर्ने ।” बैरागीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यसअघि एमाले अध्यक्ष रहेका ओलीले खनालको उपचार खर्च पार्टी बेहोर्ने निर्णय गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया