प्रधानमन्त्री ओली : खोप हिजो आयो, भोली आउँदैछ, निरन्तर आउँछ
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशले अब कोरोनाविरुद्धको खोपको अभाव व्यहोर्नु नपर्ने दाबी गरेका छन् । वीर अस्पतालको नवनिर्मित शल्यचिकित्सा भवनको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्रीले हिजो मात्र खोपको थप मात्रा प्राप्त भएको, भोली पनि आउने र अब निरन्तर ल्याउनका लागि सरकार लागि परेको बताएका हुन् ।
‘कोभिड विरुद्धको खोप गति साथ ठूलो संख्याका जनतालाई दिन विभिन्न देश र कम्पनीहरुसँग सहमति र संवाद गरिरहेछौं । यसरी लगभग सन् २०२१भित्र मोटामोटी सबै जनसंख्यालाई हामी खोप लगाइसक्छौं’, उनले भने ।
यस अवधिमा सामाजिक दुरी कायम राख्ने, मास्क लगाउनेलगायतका स्वास्थ्य मापदण्ड पालना गर्ने काम भने संसारभरबाट कोभिड–१९ समाप्त नभएसम्म जारी राख्नुपर्ने उनले बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया