गाेरखा र स्याङ्जामा कोभिडको नयाँ भेरियन्ट
काठमाडौँ : गण्डकी प्रदेशको स्याङ्जा र गोरखा जिल्लामा कोभिड-१९ को नयाँ भेरियन्ट भेटिएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट नयाँ भेरियन्ट जाँचका लागि जेठ ३१ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा पठाइएको पाँच वटा नमुनामा नयाँ भेरियन्ट डेल्टा (बि.१.६१७.२) पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
स्वास्थ्य निर्देशनालय प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नजराज शर्माले स्याङ्जाका दुई पुरुष तथा गोरखाका तीन महिलामा नयाँ भेरियन्ट डेल्टा भेटिएको जानकारी दिए ।
स्याङजा कालिगण्डकी गाउँपाकिाका १४ वर्ष र ६० वर्षको पुरुष र गोरखा बारपाक सुलिकोट गाउँपालिकामा ७०,३३, र ४० वर्षीय महिलाहरुमा नयाँ भेरियन्ट पुष्टि भएको हो ।
स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले यो पहिलो अल्फा भेरियन्टमाभन्दा बढी संक्रमण दर भएकाले व्यक्तिगत सुरक्षाका मापदण्ड र सतर्कता अपनाउन आग्रह गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया