प्रमुख समाचार

बाँकी अवधि संसद् चलोस्, मेरो शुभकामना तर मलाई शंका छ : केपी शर्मा ओली

इकागज |
असार २९, २०७८ मंगलबार १५:२३ बजे

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ बन्ने सरकार र पुनःस्थापित संसद् सही सलामत रहला भन्नेमै शंका रहेको बताएका छन् । देशवासीको नाममा सम्बोधन गर्दै ओलीले भने, ‘जे जस्ता घटनाक्रम विकास हुँदैछ, यसले संसद पनि सही सलामत अगाडि जाला, अब बन्ने सरकार सही सलातम ढंगले अगाडि बढ्ला भन्नेमा शंकै छ ।’  

ओलीले अदालतको फैसलाको असर आगामी दिनमा देखिने भन्दै भने, ‘बाँकी अवधि संसद चलोस्, मेरो शुभकामना छ । समयमा निर्वाचन होस्, तर मलाई शंका छ ।’



 


Author

थप समाचार
x