प्रमुख समाचार

सचिवहरूसँग मन्त्रालयको अवस्थाबारे ‘ब्रिफिङ’ लिँदै प्रधानमन्त्री

इकागज |
असार ३०, २०७८ बुधबार १६:५१ बजे

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न मन्त्रालयका सचिवहरूसँग अहिलेसम्मको अवस्थाका बारेमा जानकारी लिइरहेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भइरहेको छलफलमा देउवाले अहिलेको अवस्था र मन्त्रालयका आगामी कार्ययोजनाबारे जानकारी लिइरहेको देउवाका स्वकीय सचिव केशव जोशीले जानकारी दिए ।


अहिले सचिवहरूले मन्त्रालयको अवस्थाबारे जानकारी गराइरहेका छन् । मन्त्रालयको बस्तुगत अवस्था बुझेपछि कसरी अगाडि बढ्ने भन्ने कार्ययोजना बनाउने तयारीमा सरकार रहेको छ ।   


Author

थप समाचार
x