कांग्रेसले घिमिरेमाथि आक्रमण गर्नेलाई अनुशासनको कारबाही गर्ने
काठमाडौँ– नेपाली कांग्रेसले पार्टी केन्द्रीय सदस्य तथा क्रियाशील छानबिन समिति सदस्य श्यामकुमार घिमिरेमाथि आक्रमण गर्नेलाई अनुशासनको कारबाही गर्ने भएको छ ।
प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र पदाधिकारीहरूसँगको परामर्शपछि २४ घण्टे स्पष्टीकरण सोध्न अनुशासन समितिलाई निर्देशन दिएका हुन् ।
घिमिरेमाथि शुक्रबार क्रियाशील सदस्यता छानबिन भइरहेको गौशालास्थित होटलमा आक्रमण भएको थियो । केन्द्रीय सदस्य मोहन बस्नेतको निर्देशनमा सन्धुपाल्चोक क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेतसहितका नेताहरूले घिमिरेमाथि आक्रमण गरेका थिए ।
‘क्रियाशील सदस्यता छानविन समितिले पेस गरेको निर्णय बमोजिमको पत्र अनुरुप केन्द्रीय सदस्य श्यामकुमार घिमिरेमाथि भएको आक्रमणका सम्बन्धमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेत समेतका ब्यक्तिहरुसँग २४ घण्टा भित्र स्पष्टीकरण लिई पार्टी विधान बमोजिम ३ दिनभित्र कार्वाहीको टुंगो लगाउन पार्टी अनुशासन समितिलाई सभापतिले निर्देशन दिनुभएको छ,’ पदाधिकारी बैठकपछि पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया