प्रमुख समाचार

आफ्नै पार्टीबारे बाबुरामको टिप्पणी  : अभागीलाई खाने बेलामा रिस उठ्छ

इकागज |
साउन ३, २०७८ आइतबार २०:२५ बजे

काठमाडौँ – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई आफ्नै पार्टीको विवादबारे प्रतिनिधि सभाको बैठकमा खुलेर बोलेका छन् । उनले जसपा एक ढिक्का भएको भए अहिलेको राजनीतिक अस्थिरताको अवस्था नै नआउने बताए । 

‘अभागीलाई खाने बेलामा रिस उठ्छ । जसपा एक ढिक्का र एक विचार रहेर रहेको भए यस्तो अवस्था आउँदैन थियो,’ उनले भने, ‘खानेबेलामा रिस उठ्यो आपसमा झगडा गर्न थाल्यौँ असहज भयो अव हामीले आफ्नो भूमिका सकारात्मक ढंगले निर्वाह गरौँ । आम जनतामा सोसल मिडियाको युग छ ।’ 


उनले ओलीलाई भष्मासुर भन्दै उनको विदाइ भएको बताए । उनले ओली बालुवाटारबाट बिदा हुँदा सडकमा प्रदर्शन गरेकोप्रति पनि टिप्पणी गरे । सत्ताच्यूत भए पनि सडकमा नंगाएको त होइन भन्दै उनले आशंका व्यक्त गरे ।


Author

थप समाचार
x