प्रमुख समाचार

पौडेल समूहको निर्देशन : प्रक्रियाविपरीत आएका सदस्यता नमान्‍नू

इकागज |
साउन ४, २०७८ सोमबार १६:४६ बजे

फाइल तस्बिर

काठमाडौँ  : नेपाली कांग्रेसको नेता रामचन्द्र पौडेल समूहले क्रियाशील सदस्यता छानबिनका सम्बन्धमा भइरहेको कामबारे जानकारी लिएको छ । समूहका तर्फबाट क्रियाशील सदस्यता छानबिन समितिमा सदस्य रहेका केन्द्रीय सदस्यहरू प्रदीप पौडेल, जीवन परियार र कल्याण गुरुङसँग नेताहरूले क्रियाशील सदस्यता विधि, पद्धती अनुरुप भइरहेको छ कि संस्थापनले जबरजस्ती गरिरहेको छ भन्‍नेबारे जानकारी लिएका हुन् ।

बैठकमा सहभागी छानबिन समितिका सदस्य रहेका पौडेलले आफूहरूसँग नेताहरूले क्रियाशील सदस्यता सम्बन्धमा अहिलेसम्म भएका प्रगति र अफ्‍ट्याराबारे जानकारी लिएको बताए ।


'नेताहरूले क्रियाशील सदस्यताबारे छानबिन समितिमा के भइरहेको छ भनेर हामीसँग जानकारी लिनु भएको हो,' पौडेलले इकागजसँग भने, 'अब कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि छलफल भएको थियो । त्यो बाहेक अन्य कुनै विषयमा छलफल भएन ।'

अब नेताहरूले क्रियाशील सदस्यता वितरणमा देखिएको विवादबारे आफ्नो धारणा तय गर्नेछन् । 

 पार्टी महामन्त्री डा.शशांक कोइरालाको निवास महाराजगञ्‍जमा भएको वैठकमा नेता पौडेल, अर्जुननरसिंह केसी, प्रकाशमान सिंह, डा.रामशरण महत, डा.शेखर कोइराला, डा.मीनेन्द्र रिजाललगायतका नेता थिए । 

पार्टी केन्द्रीय कार्यालयमा सदस्यता विवादमा बारा र धनुषाका नेता कार्यकर्ताले धर्ना दिइरहेका छन् ।  


Author

थप समाचार
x