जसपाले चार महिने संगठन सुदृढीकरण र जनजागरण अभियान चलाउने
फाइल तस्बिर
काठमाडौँ - जनता समाजवादी पार्टी (जसपा)ले चार महिने `संगठन सुदृढीकरण र जनजागरण अभियान´ चलाउने भएको छ । बिहीबार बसेको कार्यकारिणी समिति बैठकले अभियान सञ्चालन गर्ने निर्णय गर्दै कार्यकारिणी समिति सदस्यहरूको अस्थायी कार्यविभाजनसमेत गरेको छ ।
बैठकले पार्टीको केन्द्रीय सल्लाहकार समिति गठन गरेको छ । समितिको अध्यक्षमा विष्णुहरि शर्मालाई नियुक्त गरिएको छ । त्यस्तै बैठकले पार्टीको अनुशासन आयोग बनाउँदै संयोजकको जिम्मेवारी नरसिंह चौधरीलाई दिने निर्णय गरेको छ ।
पार्टीभित्र देखिएको अनुशासनबारे छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति बनाउने निर्णय पनि बैठकले गरेको छ । नवराज सुवेदीको संयोजकत्वमा गठित समितिमा गोविन्द चौधरी, प्रकाश अधिकारी, दुर्गा सोव र सुशीला श्रेष्ठ छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया