महाकवि पुत्र पद्म भन्छन्- ‘आफू जन्मे, हुर्केको घर भत्काएको देख्दा मन दुख्दो रहेछ’
कविकुञ्जलाई संग्रहालय बनाइँदै
काठमाडौँ : महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीस्थित घर संग्रहालय बनाउनका लागि भत्काउन थालिएको छ । कविकुञ्ज भनिने देवकोटा निवासलाई नेपाल प्रज्ञा प्रतिष्ठानको पहलमा संग्रहालयमा परिणत गर्न लागिएको हो ।
महाकवि देवकोटा पुत्र तथा अंग्रेजी साहित्यका प्राध्यापक डाक्टर पद्म देवकोटा आफू जन्मेको घर भत्किदै गरेको दृश्यले भावुक भएका छन् । उनी लेख्छन्, ‘आफू जन्मेको, हुर्केको घर भत्काएको देख्दा मनमा अनेकौ तरंग उत्पन्न हुँदा रहेछन् । दुख्दो पनि रहेछ । कोठा–कोठाको याद वैरिएर आएका छन्, यसपालि ।'
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया