प्रमुख समाचार

भारतको हेपाहा प्रवृत्ति स्वीकार्य छैन : नारायणकाजी श्रेष्ठ

इकागज |
साउन २०, २०७८ बुधबार १३:४९:२० बजे

काठमाडौँ - नेकपा माओवादीका प्रवक्ता एवं राष्ट्रिय सभाका सदस्य नारायणकाजी श्रेष्ठले भारतीय हेपाहा प्रवृत्ति स्वीकार्य नहुने बताएका छन् । राष्ट्रिय सभाको विशेष समयमा बोल्दै श्रेष्ठले नेपाल कहिल्यै उपनिवेश नभएको भन्दै यस्तो बताएका हुन् ।  

‘जयसिंह धामी भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटिदिँदा महाकाली नदीमा बेपत्ता भएको अवस्था छ । परिवारजनले उहाँको सास र लास फेला नगरेपछि कुसको शव बनाएर दाहसंस्कार गरेको घटनाले अत्यन्त पीडा भएको छ,’ उनले भने, ‘भारतीय सीमा सुरक्षाकर्मीले तुइन काटेकै कारणले जयसिंह धामी बेपत्ता भएका हुन् । अमानवीय, क्रुरर कार्यको घोर भत्र्सना गर्दछु । भारतले सार्वजनिक रुपमा क्षमा याचना गर्नुपर्छ । अबको दिनमा यस प्रकारको हेपाह प्रवृति नदेखाउन पनि माग गर्दछु ।’ 


श्रेष्ठले भारतसँग नेपाल सधैँ असल मैत्रीपूर्ण सम्बन्ध कायम गर्न चाहेको पनि बताए । सबै समस्याहरु कुटनीटिक ढंगबाट टुंग्याउन पनि नेपालले चाहेको उनी बताउँछन् ।  तर, भारतको हेपाहा प्रवृत्ति स्वीकार्य नभएको पनि बताए । ‘भारतसँग हामी असल मैत्रीपूर्ण सम्बन्ध कायम गर्न चाहन्छौँ । सबै समस्याहरु कुटनीतिक ढंगबाट सकरात्मक संवाद गर्न चाहन्छौँ । तर, अतिक्रमण , हेपाहा व्यवहार सहने छैनौँ । जे गर्न पर्छ सबै गर्न नेपाली दृढ छन् भन्ने स्पष्ट पार्न चाहन्छौँ,’ उनले भने, ‘कोही भ्रममा नपरुन् आवश्यकता पर्दा सारा नेपालका पार्टीहरु, सामाजिक शक्तिहरु सम्पूर्ण नेपाली राष्ट्रियताको पक्षमा एक ढिक्का हुन्छन् । त्यसैले हेप्ने, अतिक्रमण गर्ने, दुव्र्यबहार गर्ने नरोस् भनेर अपील गर्न चाहन्छु ।’ 

उनले शुक्रबार दार्चुलामा महाकाली नदी तर्नेक्रममा भारतीय सीमा सुरक्षा बलका जवानले तुइन काटेर नेपाली युवालाई महाकालीमा खसालीदिएको भन्दै घोर भत्र्सना गरे ।   उनले सरकारले यस विषयमा काम कारबाही अघि बढाउन ढिलो गरेको भन्दै सरकारको ध्यानाकर्षण पनि गराए । 

‘यस सन्दर्भमा नेपाल सरकारले छानबिन समिति बनाएर परिपक्व कुटनीतिक पहल गरेर आवश्यक पर्दा जुनसुकै कदम चाल्न तयार छु भनेको छ । ठिकै छ । तर ढिलो भयो,’ उनले भने, ‘भारतसँग गम्भीर विरोध र आपत्ति प्रकट गर्ने, दोषीलाई कारबाही गर्ने, पीडित परिवालाई राहतको व्यवस्था गर्न तत्काल कदम चालोस् भन्न चाहन्छु । अमानवीय, क्रुर घटनाबाट जुन पीडा पैदा भएको छ पीडाको बाँध भत्काएर बाहिर आउने अवस्था नआओस् भन्न चाहन्छु ।’ 


Author

थप समाचार
x