खराब व्यवस्थापनको सिकार बनेका लियोनल मेस्सी
काठमाडौँ- फुटबल खेल मात्र हुँदै होइन । यसको परिचय बृहत छ । हुन त कयौँले भन्छन्, फुटबल र राजनीति सँगसँगै यात्रा गर्दैनन् । तर आजको युगमा यो दाबीमा सत्यता छैन । फुटबल आजको दिनमा आइपुग्छ भन्ने थाहा पाएको भए एबेनेजार मोर्लेले इंग्लिस फुटबल संघ (एफए) स्थापनामा सायदै भूमिका खेल्थे । अनि फुटबलको संस्थागत विकासमा लाग्न जागँर पनि के चलाउथे होला र ?
एफएको स्थापनासँगै फुटबलका नियम बनाइए । ती नियमहरू विवाद रहित थिएनन् । मोर्ले विवाद साम्य पार्न मेहेनत गर्थे । अब त फुटबलमा नियम मात्र होइन, अन्य धेरै विषयमा पनि विवाद निस्किरहन्छ । पुजिँवाद र अन्तर्राष्ट्रिय राजनीतिले यो खेललाई फरक त बनाएकै थियो । कोभिड-१९ महामारी पनि मिसिएको छ । यीनले आज आएर विश्वकै सर्वोत्कृष्ट खेलाडीको वर्तमान र भविष्य परिवर्तन गरिदिएका छन् ।
बार्सिलोनाले भनेको छ, आर्थिक अवस्था गतिलो नभएपछि लियोनल मेस्सीसँग नयाँ सम्झौता गर्न सकिएन । बार्सिलोनाले आफ्नो आम्दानी सीमित भएको भन्दा उसले दुनियाँबाट सहानुभूती पाउनसक्छ । तर उ धेरै सहानुभूतीको लायक छैन । किनभने बार्सिलोना सही तरिकाले सञ्चालन भएको छैन । त्यहाँको व्यवस्थापन अस्तव्यस्त छ ।
गत सिजन मेस्सीले बार्सिलोना छाड्न चाहेको बताए । तर उनले क्लब छाड्नका लागि सरुवा बजारमा पर्याप्त समय बाँकी थिएन । अनि कोभिड-१९ को मार त छँदै थियो । फेरि बार्सिलोनाले पनि मेस्सीलाई कतै जान नदिने प्रतिबद्धता जाहेर गर्यो । त्यसपछि मेस्सी र क्लबबीच नयाँ सम्झौता नविकरणका विषयमा छलफल सुरु भयो । मेस्सी तलब कटौतीमा पनि सहमत भए । उनलाई थप खुशी बनाउन बार्सिलोनाले सर्जियो अग्वेरोलाई अनुबन्ध गर्यो ।
तर विडम्बना के भने अग्वेरोलाई बार्सिलोनाले खेलाडीका रुपमा दर्ता गर्न सकेको छैन । न त मेस्सीसँग सम्झौता नै भयो । यसको मुख्य कारण फाइनान्सियल फेयर प्ले (एफएफपी) नै हो । यस नियमले कुनै पनि क्लबलाई आमदानी भन्दा बढी खर्च गर्न दिँदैन ।
मेस्सीलाई अनुबनध गर्न चाहने क्लबले उनलाई वार्षिक रुपमा दुई करोड युरो तलब दिन तयार रहनुपर्छ । मेस्सीको यो माग पूरा गर्न कतिवटा क्लब सक्षम छन् ? सायद म्यानचेस्टर सिटी र पेरिस सेन्ट जर्मेन (पीएसजी) मात्र । यी दुवै क्लबको आर्थिक रुपमा सम्वृद्ध छन् । कोभिड महामारीले अन्य ठूला क्लबहरूलाई थला पार्दा खाडीका शाही परिवार मालिक रहेका यी दुवै क्लबको फूर्ती उही छ । सिटीले त गत वर्ष पनि मेस्सीलाई अनुबन्ध गर्न खोजेकै हो । यसपटक भने उसको ध्यान ह्यारी केनमाथि छ ।
यस्तोमा मेस्सीको सम्भावित गन्तब्य पीएसजी हुनसक्छ । सिटीबाट अग्वेरो बार्सिलोना पुगे । उनी मेस्सीसँग खेल्न पाउने आशले लोभिए । तर मेस्सी भने नेयमारसँग खेल्न पीएसजी पुग्ने सम्भावना बलियो बनेको छ । उनले कयौँ पटक आफ्ना ब्राजिलियन मित्रसँग खेल्न आतुर रहेको अभिव्यक्ति नदिएका होइनन् । फेरि पीएसजीमा एंगल डि मारिया पनि त छन् । जोसँग मेस्सीले कोपा अमेरिका जितेका छन् । ओलम्पिकमा स्वर्ण हात पारेका छन् । अर्जेन्टिनाकै माउरिसियो पोचेटिनो पीएसजीको प्रशिक्षक हुन् । दुईबीचको नाता राष्ट्रियतामा मात्र सीमित छैन । उनीहरू दुवै रोजारियोका हुन् । अनि त्यहाँको प्रख्यात क्लब नुएल्स ओल्ड ब्याइजका उत्पादन ।
मेस्सी निर्विवाद रुपमा ला लिगाका सबैभन्दा ठूला स्टार थिए । सीभीसीले ला लिगामा पैसा खन्याउनुको एक कारण मेस्सीको विश्वव्यापी लोकप्रियता पनि हो । अब लिगमा मेस्सी नै नभएपछि सीभीसी पक्कै पनि खिन्न भएको छ । यसकारण, सीभीसीले ला लिगालाई भन्न बेर छैन, मेस्सीलाई लिगमा फर्काउ ।
पीएसजी मेस्सीलाई भित्र्याउन आतुर छ । किनभने नेयमार र मेस्सीलाई सँगै खेलाउने उसको सपना नयाँ होइन । पीएसजीले सन् २०१७ मा नेयमारलाई खरिद गर्न कीर्तिमानी स्थान्तरण रकम खर्च गरेको थियो । नेयमारलाई अनुबन्ध गरेर पीएसजीले आफू अत्यधिक धनी रहेको सन्देश दियो । उसले ब्राजिलमा समर्थक पनि कमायो । तर नेयमार खरिदले फुटबल बजारलाई अस्थिर पनि बनायो । पारम्परिक शक्ति क्लबहरू पीएसजीसँग प्रतिस्पर्धा नै गर्न नसक्ने अवस्थामा पुगे ।
बार्सिलोनाले सन् २००० मा आफ्ना ठूला स्टार लुइस फिगोलाई गुमाएको थियो । त्योबेला फिगो बार्सिलोनाको प्रतिद्वन्द्वी रियल म्याड्रिडसँग आबद्ध भए । उनीहरूले १७ वर्षपछि अर्का ठूला स्टार गुमाए । नेयमारको अनुपस्थितीमा बार्सिलोनालाई नयाँ स्टारको खाँचो पर्ने नै भयो । नेयमारको बर्हिगमन पछि बार्सिलोनाले स्थापित खेलाडीहरु भित्र्याइरह्यो । जस्तै, औसमाने डेम्बेले, फिलिप्पे कौउटिन्हो, एन्टोइन ग्रिजमन आदी । तर यी कुनै पनि खेलाडीले नेयमारको प्रभावलाई प्रतिस्थापन गर्न सकेनन् । बरु बार्सिलोना उल्टै एक अर्ब युरो ऋणमा डुब्यो ।
गत सिजन बार्सिलोना पनि युरोपका अन्य ठूला क्लबहरूसँग एकताबद्ध भयो । जसको उदेश्य थियो, भिन्दै युरोपियन लिग स्थापना गर्ने । अनि च्याम्पियन्स लिग नखेल्ने । यस्तो कदमको चौतर्फी विरोध भयो । अनि बार्सिलोना, रियल, म्यानचेस्टर युनाइटेड, लिभरपुल, युभेन्टस जस्ता क्लब सम्मिलित समूहले बनाएको योजनाले मूर्तरुप लिएन ।
सुपर लिगको योजनाले पनि स्पेनी ला लिगा बार्सिलोनासँग चिढिएको छ । फेरि ला लिगा आफैँले पनि एक नीजि कम्पनीलाई हालै १० प्रतिशत शेयर बेच्ने निर्णय गरेको छ । ला लिगाले आफ्नो अल्पसंख्यक शेयर अमेरिकी कम्पनी सीभीसी क्यापिटल पाटनर्सलाई करिब दुई अर्ब ७० करोड युरोमा बेच्ने निर्णय गरेको हो । यस्तो निर्णयसँग बार्सिलोना सहमत छैन । शेयर बेचिएको घोषणा भएकै भोलिपल्ट मेस्सीले स्थायीरुपमा बार्सिलोना छाड्ने निर्णय सुनाइयो ।
मेस्सी निर्विवाद रुपमा ला लिगाका सबैभन्दा ठूला स्टार थिए । सीभीसीले ला लिगामा पैसा खन्याउनुको एक कारण मेस्सीको विश्वव्यापी लोकप्रियता पनि हो । अब लिगमा मेस्सी नै नभएपछि सीभीसी पक्कै पनि खिन्न भएको छ । यसकारण, सीभीसीले ला लिगालाई भन्न बेर छैन, मेस्सीलाई लिगमा फर्काउ ।
फेरि सुपर लिगको किस्सा पनि पूरै कहाँ सकिएको छ र ? जसको उदेश्य हो धेरै भन्दा धेरै आम्दानी गर्ने । आफू सम्मिलत युरोपेली लिगले कमाएको पैसा आपसमा बराबरीमा बाड्ने । राज्यको खजानाबाट सञ्चालित क्लबहरुसँग मुकाबिला गर्ने । विशेषगरी पीएसजी जस्ता क्लबसँग सरुवा बजारमा प्रतिस्पर्धा गर्न ।
सुपर लिग ब्युँतिने सम्भावनालाई नकार्न नसकिरहेको ला लिगाले मेस्सीलाई बार्सिलोना फर्काउन सक्छ । यसअर्थमा बार्सिलोनाले बाजी जित्नसक्छ । यद्यपि ३४ वर्ष लागिसकेका मेस्सीको व्यापारिक उपयोग सीभीसीले कति गर्नसक्छ, अहिले नै भन्न सकिने अवस्था छैन । तर अहिलेका लागि के अनुमान गर्न सकिन्छ भने, मेस्सी पीएसजीतर्फ आकर्षित छन् । (दी गार्डियनबाट)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया