एसईईको नतिजाप्रति परीक्षा बोर्डका अध्यक्षकै असन्तुष्टि
काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले विद्यार्थीको आन्तरिक मूल्यांकनबाट बोर्डमा नम्बर पठाउने परिपाटीले शिक्षा क्षेत्रमा विकराल रुप ल्याउने बताएका छन् । अध्यक्ष पौडेलले आन्तरिक मूल्यांकनबाट विद्यार्थीको नतिजा प्रकाशन गर्दा निरक्षर मानिसले पनि उच्च शिक्षा पढेको प्रमाणपत्र पाउने अवस्था आउने बताएका हुन् ।
उनले शिक्षकलाई सुधारिएका विषयहरुको तालिम नदिनुले पनि उचित किसिमको मूल्यांकन हुन नसक्ने बताए । विद्यार्थीहरुमा पढे पनि पास र नपढे पनि पास भन्ने पारिपाटीले भविष्यमा मुलुकलाई ठूलो क्षति उनको भनाइ छ । शिक्षक र विद्यार्थीको भेट नै नभएको अवस्थामा नम्बर दिनुपर्ने बाध्यता रहेको भन्दै उनले चिन्ता व्यक्त गरे । परीक्षा बोर्डले को कस्तो विद्यार्थी भनेर नचिनेको २ वर्ष भइसकेको टिप्पणी उनले बताए ।
आन्तरिक मूल्यांकनबाट गरिएको नतिजा प्रकाशनले बोर्डलाई अपजस मात्र आएको उनको ठहर छ । आन्तरिक मूल्यांकनले दिने नतिजाले अपजस भन्दा पनि धेरै विकराल हुने उनी बताउँछन् । यसले देशको शिक्षा प्रणाली र मुलुकको विकास प्रक्रियामा गम्भीर असर पार्ने र यसको पहिलो जिम्मेवारी देश भएकोले राजनैतिक नेतृत्वले बेलैमा नसोच्ने हो भने यसबाट देश र समाजलाई ठूलो क्षति उनी बताउँछन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया