लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वास प्रस्ताव रोक्न एमाले सांसद सर्वोच्चमा, भोलिलाई तोकियो पेशी
रूपन्देही - लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता गर्न माग गर्दै एमालेका प्रदेश सभा सदस्यले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
एमालेका लुम्बिनी प्रदेश अध्यक्ष तथा प्रदेश सांसद लिला गिरीले दायर गरेको रिट सर्वोच्च प्रशासनले दर्ता गरेको छ । रिटको पेशी भोलि तोकिएको छ ।
अविश्वासको प्रस्तावमाथि छलफल गर्न २७ साउनमा प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरिएको छ।
मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने भएकाले प्रदेश सभाको विशेष अधिवेशन रोक्नुपर्ने सत्तारुढ दल एमालेको माग छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया