सचिव गेलालको साढे सात महिनामा चारपटक सरुवा
काठमाडौँ- इन्जिनियर मणिराम गेलाल नेपाल सरकारको सचिव भएको एक वर्ष नपुग्दै चार ठाउँमा सरुवा भएका छन् । पहिलोपटक सचिव नियुक्त भएको साढे सात महिनामा चार, चारवटा निकायमा सरुवा भएका गेलाललाई हिजो मन्त्रिपरिषद् बैठकले सिंचाइ मन्त्रालयबाट जल तथा ऊर्जा आयोग सचिवालयमा सरुवा गरेको हो । गेलालले सिंचाइ मन्त्रालयको जिम्मेवारी सम्हालेको जम्मा अढाइ महिना मात्र भएको थियो ।
सिंचाइ आउनुअघि गेलाल राष्ट्रिय पुनः निर्माण प्राधिकरणमा थिए । प्राधिकरणमा उनी जम्मा तीन महिना मात्र बस्न पाए । प्राधिकरण आउनुअघि गेलाल राष्ट्रिय सतर्कता केन्द्रमा थिए । सतर्कता केन्द्रमा पनि जम्मा दुई महिना मात्र काम गदागर्दै सरुवा भएको थियो ।
पुनः निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसँग सचिव सुरेश आचार्यको ठ्याँक नमिलेपछि गेलाललाई लगिएको थियो । सिंचाइ सचिव मधुसुदन अधिकारी सेवा निवृत्त भएपछि प्राविधिक सचिव गेलाललाई सिंचाइ लगिएको हो । गेलालको ठाउँमा आयोग सचिवालयका सचिव सागर राईलाई ल्याइएको छ ।
सरकारले भक्तपुर चाँगुनारायण नगरपालिका स्थायी निवासी सचिवहरु गेलालसहित अर्थ सचिव शिशिरकुमार ढुंगाना, गृह सचिव महेश्वर न्यौपानको पनि सरुवा गरिसकेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया