प्रमुख समाचार

लुम्बिनीमा एमाले बैठक बस्‍दै, मुख्यमन्त्रीले राजीनामा दिने कि अविश्वासको प्रस्ताव फेस गर्नेबारे निर्णय हुने

इकागज |
साउन २७, २०७८ बुधबार ७:३१ बजे

फाइल तस्बिर

बुटवल- नेकपा एमाले लुम्बिनी प्रदेशले संसदीय दलको बैठक बोलाएको छ । विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि भावी रणनीति तय गर्नको लागि एमाले लुम्बिनी प्रदेश संसदीय दलले बुधबार आज बिहान ८ बजे बैठक बोलाईएको सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले बताए ।

मुख्यमन्त्री निवासमा बस्ने बैठकले अविश्वासको प्रस्ताव सामना गर्ने कि मुख्यमन्त्रीबाट राजीनामा दिने भन्‍ने विषयमा निर्णय गर्ने एमालेका एक सांसदले जानकारी दिए । ८० सदस्यीय रहेको लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकार स्पष्ट अल्पमतमा रहेको छ । प्रदेश सभामा नेकपा एमाले माधव नेपाल पक्षसहितका ३८ जना सांसदको मात्रै सरकारलाई समर्थन रहेको छ ।


विपक्षी गठबन्धनमा भने सभामुख बाहेक ४१ जना सांसदको सर्मथन छ । विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका १८ (सभामुख बाहेक), जनता समाजवादी पार्टी (जसपा)का ३ र जनमोर्चाका १ जना सांसद रहेका छन् ।


Author

थप समाचार
x