प्रमुख समाचार

लुम्बिनीमा मुख्यमन्त्रीको राजीनामा : संसद् बैठक सुरु, सत्तापक्षद्वारा बहिष्कार

इकागज |
साउन २७, २०७८ बुधबार १३:३२ बजे

बुटवल -  लुम्बिनीका मुख्यमन्त्री शंखर पोख्रेलले पदबाट राजीनामा दिएका छन् । नेकपा माओवादी केन्द्र, कांग्रेस, जसपा, जनमाेर्चासहितका गठबन्धनका सांसदले संसद्मा अविश्वासको प्रस्ताव दर्ता गरेपछि शंकटमा परेको पोख्रेलले राजीनामा दिएका हुन् । 

तर, उनीविरुद्धको अविश्वासको प्रस्तावमाथि संसदमा निर्णयार्थ प्रस्तुत गरिने भएको छ ।  अहिले संसद् बैठक सुरु भइसकेको छ । तर, संसद् बैठक सत्ता पक्षका सांसदहरुले बहिष्कार गरेका छन् । अविश्वासको प्रस्ताव संसद्‍मा पेश भइसकेको छ ।


त्यस्तै मुख्यमन्त्रीमाथि अविश्वासको प्रस्ताव दर्ता भएँसगै त्यसविरुद्ध सर्वाेच्च अदालतमा रिट दायर भएको छ । उक्त रिटमाथि पनि अहिले सुनुवाइ जारी छ । 


Author

थप समाचार
x