लुम्बिनी सरकारको पहिलो बैठक
क्यान्सर, मिर्गौला र मुटु रोगीलाई दुई लाख सहयोग गर्ने निर्णय
बुटवल - लुम्बिनी प्रदेश सरकारले क्यान्सर, मिर्गौला तथा मुटु रोगका बिरामीहरूलाई २ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । आज बसेको नयाँ गठित मन्त्रिपरिषद् पहिलो बैठकले क्यान्सर, मिर्गौला तथा मुटु रोगका बिरामीहरूलाई २ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको प्रवक्ता कृष्णध्वज खड्काले बताए ।
बैठकले कोरोना हटलाईन एम्बुलेन्स सञ्चालन गर्ने तथा कोरोनाको एन्टिजोन परीक्षणको लागि घुम्ती शिवीर सञ्चालन गर्ने निर्णय गरेको छ । यस्तै खोपलाई प्रभावकारी बनाउने पनि निर्णय गरेको छ । बैठकले प्रदेश नं. ५ प्रदेश सरकार कार्यसम्पादन पहिलो संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको खड्काले बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया