प्रमुख समाचार

त्रिभुवन विश्‍वविद्यालयका परीक्षा रोक्न माग गर्दै सर्वोच्चमा रिट

इकागज |
साउन २९, २०७८ शुक्रबार १८:३० बजे

काठमाडौँ - त्रिभुवन विश्वविद्यालयले भौतिक रूपमा सञ्चालन गरिरहेको परीक्षा तत्काल रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । सरकारले जारी गरेको स्वास्थ्य मापदण्डपिवरीत त्रिविले परीक्षा सञ्चालन गरेको भन्दै  शुक्रबार हामी नेपाल नामक सामाजिक संस्थाले परीक्षा रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको हो । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, शिक्षा मन्त्रालय, त्रिभुवन विश्वविद्यालय र परीक्षा नियन्त्रकको कार्यालयलाई विपक्षी बनाइएको उक्त रिटमा अन्तरिम आदेशसहितको उत्प्रेषण र परमादेश माग गरिएको छ । जनस्वास्थ्यका मापदण्ड उल्लंघन गर्दै भौतिक रूपमा परीक्षा सञ्चालन गरेर त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको जीवनसँग खेलवाड गरेको उक्त रिटमा उल्लेख छ ।


यसैबीच सोमबार संयुक्त विद्यार्थी संगठनले स्वास्थ्य राज्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै विद्यार्थीको परीक्षा रोक्न नहुने भन्दै  खोप हान्न माग गरेपछि शुक्रबारदेखि प्रवेश पत्र देखाएकै आधारमा परीक्षार्थीहरूले खोप लगाउन सुरू गरेका छन् । 


Author

थप समाचार
x