प्रमुख समाचार

अफगानिस्तानमा दुब्लाएको जो बाइडनको विश्वसनियता

तालिबान सत्तामा फर्कनु चीनको जित होइन

इकागज |
साउन ३०, २०७८ शनिबार ६:३१ बजे

काठमाडौँ- अहिले पनि ह्वाइट हाउसमा डोनाल्ड ट्रम्प नै भइरहेका भए ? अफगानिस्तानका लागि अमेरिकी नीतिको व्यापक आलोचना हुने थियो । अफगानिस्तान मामलामा अमेरिका असाध्यै गैर जिम्मेवार भयो, भनिन्थ्यो । तर ह्वाइट हाउसमा त अर्कै पात्र छन् । यसैकारण अमेरिकी कूटनीतिक विज्ञ चुपचाप छन् । उनीहरू जो बाइडनविरुद्ध चुइक्क बोलेका छैनन् ।

हो, अफगानिस्तानबाट अमेरिका कसरी पन्छिने भन्‍ने नीति ट्रम्पकै पालामा बनाइयो । तालिबानसँग वार्ता पनि सुरु गरियो । तर त्यस वार्ताले अफगानिस्तानमा शन्ति ल्याउँदैन भन्‍ने तथ्य अनपेक्षित थिएन । तर बाइडन भने भ्रममै रमाउन चाहे । अमेरिकी फौजलाई घर फर्काउने निर्णयलाई निरन्तरता दिए । जबकि उनले ट्रम्पले लिएको निर्णयमाथि पुर्नविचार गर्नुपर्थ्यो ।


अमेरिकी नीतिले अहिले अफगानिस्तानमा खराब नतिजा दिइरहेको छ । तालिबानले त्यहाँका ठूला सहरहरु कब्जा गरिरहेको छ । असफरफ घानीको सरकार ढल्ने निश्चित जस्तै छ । हुनसक्छ आउँदो सेप्टेम्बर ११ सम्ममा काबुललाई पनि तालिबानले नियन्त्रणमा लिनेछ । पेन्टागन हमला भएको २० वर्ष पुग्दै गर्दा तालिबानले काबुलमा विजयी उत्सव मनाउँदै तयारी गरिरहेको हुनसक्छ ।

केही दिनअघि अफगानिस्तानको अवस्थाबारेमा बाइडन बोले । ‘अफगानिस्ताबाट सेना फर्काउने निर्णय गरेकामा कुनै पछुतो छैन,’ बाइडनले भने । अमेरिकी फौज घर फर्कदा तालिबानले अफगानिस्तानमाथि पूर्ण रुपमा कब्जा जमाउँछ भनेर बाइडनले कहिले पनि सोचेनन् । वा सोच्न चाहेनन् । गत महिना पनि उनले तालिबानले अफगानी सेनालाई परास्त गर्ने सम्भावनालाई खारेज गर्दै थिए । बाइडनले अर्को महिना कस्तो प्रतिक्रिया देलान् ? विशेषगरी तालिबान काबुल पुगिसकेको अवस्थामा । हुन त बाइडनको प्रतिक्रियाको के महत्व छ र ? उनको प्रतिक्रियाको कुनै औचित्य छैन । उनले विश्वसनियता नै खतरामा परिसक्यो ।

अबको मूल प्रश्न, अफगानिस्तानमा अमेरिकाले लिएको असफल नीतिले विश्व राजनीतिमा उसको विश्वसनियतामाथि प्रश्न उठाउँछ कि उठाउँदैन भन्‍ने हो । अफगानिस्तानबाट आफ्नो फौज फर्काउनुलाई विश्व राजनीतिमा आएको परिवर्तन अनुसार लिइएको रणनीतिक निर्णय भएको बाइडनले दाबी गरेका छन् । २० वर्ष अगाडि लिइएको निर्णयलाई अहिले पनि निरन्तरता दिनु आवश्यक नरहेको बाइडनको भनाइ थियो । ‘आजको आवश्यकता फरक छ । अमेरिका आज के भइरहेको छ भन्‍ने विचार गरेर अघि बढ्न चाहन्छ,’ बाइडनको संकेत चीनतर्फ थियो । त्यसोभए अमेरिका सम्मिलित पश्चिमाले अफगानिस्तानको युद्ध हार्दा चीनतर्फ कस्तो सन्देश जान्छ ? 

बाइडनले सुरुका दिन देखि नै जपिरहेको मन्त्र हो, ‘अमेरिका इज ब्याक’ । तर अफगानिस्तानको अवस्थाले विलकुल फरक सेन्दश दिन्छ । जुन रुस र चीनले फैल्याइरहेको प्रोपोगान्डासँग मेल खान्छ । पहिलो, अमेरिका ओरोलो लागिरहेको शत्ति हो । दोस्रो, अमेरिकाको सुरक्षा प्रबन्धको कुनै भरोसा छैन ।

बाइडनले सुरुका दिन देखि नै जपिरहेको मन्त्र हो, ‘अमेरिका इज ब्याक’ । तर अफगानिस्तानको अवस्थाले विलकुल फरक सेन्दश दिन्छ । जुन रुस र चीनले फैल्याइरहेको प्रोपोगान्डासँग मेल खान्छ । पहिलो, अमेरिका ओरोलो लागिरहेको शत्ति हो । दोस्रो, अमेरिकाको सुरक्षा प्रबन्धको कुनै भरोसा छैन । 

अर्को महत्वपूर्ण प्रश्न पनि उठेको छ, तालिबानसँगै युद्ध गर्न नचाहने अमेरिका परिआएको खण्डमा रुस वा चीनविरुद्ध लडाइ गर्न तयार हुन्छ ? जबकि विश्वभर फैलिएको अमेरिकी रक्षा गठबन्धनको सन्जालको उदेश्य नै आफ्ना अलाईलाई परेका बेला सुरक्षा दिने हो । यस्तो गठबन्धनको सिद्वान्त भनेकै एसिया, युरोप वा अन्य क्षेत्रमा अमेरिकी गठबन्धनका सदस्यमाथि कतैबाट हमला हुँदा अमेरिकी फौज तुरुन्त प्रतिकारमा उत्रने हो । 

पूर्वी एसियामा चीनको प्रभाव कसरी विस्तार भइरहेको छ भन्‍ने त प्रष्टै छ । आफ्नो पहुँच विस्तारका लागि चीनले आर्थिक क्षमताको उपयोग गरेको छ । यस्तोमा त्यस क्षेत्रका कयौँ मुलुक चीनको सक्रियताप्रति सहमत छैनन् । त्यहीभएर त उनीहरुले आश गरेका छन्, परिआएमा अमेरिकाले हाम्रो सुरक्षा गर्नेछ । चीन चाहन्छ ती मुलुकहरुको अमेरिकाप्रतिको भरोसामा कमी आओस् । हो, ताइवान वा साउथ चाइना सीका विषयमा अमेरिकी नीति अफगानिस्तानको भन्दा फरक छ । तर अफगानिस्तानमा अमेरिकाले जे गरेको छ, त्यसले उसको विश्वसनियतामाथि सन्देह भने उत्पन्‍न गराउँछ नै ।

 

अफगानिस्तान र चीनको सीमा जोडिएको छ । जोडिएको चिनियाँ भाग संवेदनशील मानिएको जिनजियाङ प्रान्त हो । जहाँ चिनिया कम्युनिष्ट सरकारले स्थानीय मुस्लिम समुदाय उइगुरमाथि दमन गरिरहेको बताइन्छ । अफगानिस्तानमा तालिबानको सरकार हँुदा चिनियाँ सरकारविरुद्ध प्रतिकार गर्न उइगुरको सहयोग पाउँछन् भन्‍ने आशंका बेइजिङमा गरिन्छ । अनि तालिबान सरकारले अन्य आतंकवादी समूहरुलाई शरण दिनसक्छ भन्‍ने भय पनि त छ । यसकारण अमेरिकी फौज फर्कदा चीन खुशी छ भन्‍ने अवस्था छैन । 

अफगानिस्तानको बिग्रदो अवस्था देखेर चीन रनभुल्लमा पर्नसक्छ । उसका अगाडि दुई विकल्प हुनेछन् । पहिला, अफगानिस्तानमा शन्ति व्यवस्था कायम गर्न हस्तक्षेप गर्ने । दोस्रो, अफगानिस्तानलाई उसकै ढंगमा चल्न दिने । चीनले कुन विकल्प चयन गर्छ भनेर अनुमान गर्नुअघि चिनियाँले गरेको विश्लेषणतर्फ ध्यान दिन जरुरी छ । उनीहरुले भनेका छन्, अफगानिस्तान साम्राज्यहरुको चिहान हो । 

अफगानिस्तानको बिग्रदो अवस्था देखेर चीन रनभुल्लमा पर्नसक्छ । उसका अगाडि दुई विकल्प हुनेछन् । पहिलाे, अफगानिस्तानमा शन्ति व्यवस्था कायम गर्न हस्तक्षेप गर्ने । दोस्रो, अफगानिस्तानलाई उसकै ढंगमा चल्न दिने । चीनले  कुनविकल्प चयन गर्छ भनेर अनुमान गर्नुअघि चिनियाँले गरेको विश्लेषणतर्फ ध्यान दिन जरुरी छ । उनीहरुले भनेका छन्, अफगानिस्तान साम्राज्यहरूको चिहान हो ।

अमेरिकी फौज घर फर्किरहेका छन् । तर अफगानिस्तानमा रहेका अमेरिकी क्याम्प रित्तिसकेका भने छैनन् । योजना अनुसार सेप्टेम्बर ११ सम्ममा सबै अमेरिकी फौजले अफगानिस्तान छाड्नेछन् । यसकारण अहिले पनि केही हजारको संख्यामा अमेरिकी फौज अफगानिस्तानमै छन् । अमेरिकी सरकारलाई के ज्ञान हुनुपर्छ भने, बाँकी रहेका अमेरिकी फौज पनि फर्काउनु, काबुल सरकारविरुद्ध ‘डेथ वारेन्ट’ जारी गर्नु सरह हो । उसै पनि केही दिन यता तालिबानले प्रान्तीय राजधानीहरू कव्जा गर्दै जाँदा अफगानी सेनाको मनोबल गिरेको छ । त्यहाँको स्थिती अफगानी सेनाको हातबाट बाहिर जानेक्रममा छ । 

तर अमेरिकी सरकार अझैँ विकल्पहिन भइसकेको छैन । उसँग भियतनाम युद्धपछिको अवस्था दोहोरिन नदिने विकल्प छ । त्यसबखत अमेरिकी शत्ति क्षय भएको भनियो । तर १४ वर्षपछिको शितयुद्धमा अमेरिका विजयी भयो । अमेरिका र सोभियत संघबीचको प्रतिद्वन्द्वीतामा अमेरिकी आर्थिक तथा राजनीतिक व्यवस्था नै बलियो भएको ठहरियो ।

अहिलेको अमेरिका-चीन प्रतिद्वन्द्वीता पनि कसको अर्थिक र राजनीतिक व्यवस्था सही हो भन्‍ने विषयमा नै हो । फेरि पनि नतिजा अमेरिकाको पक्षमै आउन सक्छ । तर दुई ठूला अर्थतन्त्रबीच टकराब हुँदा आउने सम्भावित नतिजाले अफगानी नागरिकले हाल झेलिरहेको समस्याको समाधान गर्दैन । (जिडियो राचमनले फाइनान्सियल टाइम्सका लागि लेखेको लेखको अनुवाद)


Author

थप समाचार
x