प्रमुख समाचार

प्रदेश-२ का प्रमुख मिश्रले लिए पद तथा गोपनियताको शपथ

इकागज |
भदौ १, २०७८ मंगलबार १५:५१ बजे

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश-२ का प्रदेश प्रमुख हरिशंकर मिश्रलाई पद तथा गोपनियताको शपथ खुवाएकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा भण्डारीले पद तथा गोपनियताको शपथ खुवाएकी हुन् ।

'सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष नेपालको संविधानको धारा १६७ बमोजिम श्री हरिशंकर मिश्र, महोत्तरीले प्रदेश नं. २ को प्रदेश प्रमुख पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो,' राष्ट्पति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


सरकारले सोमबार प्रदेश -२ को प्रमुखबाट राजेश झालाई हटाएर महोत्तरी निवासी मिश्रलाई नियुक्त गर्न राष्ट्रपति कार्यालयमा सिफारिस गरेको थियो । 


Author

थप समाचार
x