प्रमुख समाचार

अध्यादेश ल्याए देउवालाई महंगो पर्नेछ, एमाले चुप लागेर बस्दैन : केपी ओली

तीन दिनभित्र संसद बैठक बोलाउन माग

इकागज |
भदौ १, २०७८ मंगलबार १६:२६ बजे

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश कुनै हालतमा मान्य नहुने बताएका छन् ।  मंगलबार नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले अध्यादेश जारी नगर्न र जारी भए कार्यान्वयन गर्न नहुने बताएका हुन् ।  

ओलीले गठबन्धनको सरकार असंवैधानिक, गैरकानुनी , जनादेशविपरीतको र आपराधिक उदेश्यका साथको गठन भएको आरोप पनि लगाए । ओलीले षडयन्त्रपूर्वक गलत विचारका साथ अनैतिक प्रयोजकनका लागि संसद् अधिवेशन अन्त्य गरिएको भन्दै आपत्ति जनाए ।


ओलीले तत्काल अध्यादेश फिर्ता लिन माग गरे । उनले आफ्नो पार्टी फुटाउन कांग्रेस लगाएतका दलहरु लागेको भन्दै अध्यादेश खारेज नभए वा एमाले फुटे महङ्गो पर्ने चेतावनी दिए । अहिलेको सरकारले प्रतिपक्षीमाथि दमन गर्न खोजेको भन्दै अब एमाले चुप लागेर नबस्ने पनि बताए । पार्टी एकताका लागि आफूले अधिकतम लचकता अपनाए पनि अर्को पक्षले एकपछि अर्को अडान लिएका कारण समस्या भएको बताए । यस्तै बैठकले तीन दिनभित्र संसद् बैठक बोलाउनसमेत माग गरेको छ ।  
  


Author

थप समाचार
x