प्रमुख समाचार

केपी ओली गणतन्त्र विरोधी हुन् : माधवकुमार नेपाल

इकागज |
भदौ १, २०७८ मंगलबार १८:४ बजे

काठमाडौँ - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली र उनी निकटका नेताहरुबाट गणतन्त्र र संघीयता विरोधी आवाज उठाउन थालेको बताएका छन् ।

आफूनिकट जनसंगठनका नेता कार्यकर्तासँग 'भर्चुअल' संवादमा बोल्दै नेता नेपालले भने, ‘केपी ओलीका कारण आज एमाले गणतन्त्रविरोधी हो कि भन्ने प्रश्नचिन्हमा उठेको छ । उहाँको नजिकका व्यक्तिहरुबाट संघीयताविरोधी आवाजहरु उठिरहेका छन् । संघीयता नै धराशयी हुने हो कि भन्ने चिन्ता व्याप्त भएको छ । राजावादी शक्ति उत्साहित बनेका छन् । राजतन्त्रको पुनर्स्थापना हुने खतरा बढेको छ ।’ 


नेपालले  केपी ओलीकै कारण प्रतिगमनकारी शक्ति र धर्मनिरपेक्षता विरोधीहरु सल्बलाउन थालेको आरोप पनि लगाए ।  ओली अहंकारको घोडामा सवार भएर गुटको राजनीतिमा लागेकोले एमालेको अस्तित्व नै धराशयी भएको नेपालको भनाइ छ ।
 
 


Author

थप समाचार
x