प्रमुख समाचार

रेल्वे कम्पनीको महाप्रबन्धकमा झा नियुक्त

इकागज |
भदौ ४, २०७८ शुक्रबार ९:१४ बजे

काठमाडौँ - सरकारले नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रबन्धकमा निरञ्‍जन झालाई नियुक्त गर्ने निर्णय गरेको छ ।  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेकपा एमाले (समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको सिफारिसमा झालाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो । 

सप्तरीको राजविराज नगरपालिका-१ निवासी एमालेका जिल्लास्तरका नेता झा त्रिविबाट अर्थशास्त्रमा स्‍नातकोत्तर हुन् । उनी युवा संघका उपाध्यक्ष पनि हुन् । 


केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले राजीनामा दिएपछि रिक्त पदमा झालाई नियुक्त गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दियो । 


Author

थप समाचार
x