नाम फेरेर निर्वाचन आयोग जाँदै ठाकुर समूह
काठमाडौँ - जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव समूहले पाएसँगै दलविहीन भएको महन्थ ठाकुर समूहले नयाँ दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिइसकेको छ । तर, उक्त निवेदनअनुसार दलको नाम अर्कैसँग मिलेपछि आयोगले संशोधनका लागि आग्रह गरेको थियो ।
ठाकुर समूहले जनता समाजवादी पार्टी(लोकतान्त्रिक) नाम राखेर दल दर्ताको लागि निवेदन दिएको थियो । यो नाममा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आपत्ति जनाउँदै आयोगको ध्यानाकर्षण गराएका थिए ।
‘नियमाव संशोधन पनि भयो । अब दल दर्ताको निवेदन दर्ता हुन्छ,’ प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने, ‘महन्थ ठाकुर जस्ले नयाँ दल दर्ताका लागि निवेदन दिनु भएको छ । उहाँहरुले यसअघि प्रस्ताव गरेको नाम संशोधन गरेपछि मात्रै दल दर्ता हुन्छ । उहाँहरु संशोधन नियमावली अनुसार नै दलको प्रस्ताविक नाम पनि संशोधन गरेर आउने जानकारी प्राप्त भएको छ ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया