जग्गा कित्ताकाट रोकिदियो सर्वोच्चले
काठमाडौँ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले गरेको जग्गा कित्ताकाट फुकुवा गर्ने निर्णय सर्वोच्च अदालतले अदालतले बदर गरिदिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश मनोजकुमार शर्माको इजलासले कित्ताकाट फुकुवा गर्ने निर्णय बदर गरिदिएको हो ।
जग्गा कित्ताकाट फुकुवा गर्ने मन्त्रीस्तरीय निर्णय बदर गर्न माग गर्दै अधिवक्ता सन्तोष भण्डारी, सुजन नेपाल र नवराज पाण्डेले सर्वोच्चमा रिट दायर गरेका थिए । रिटमाथि सर्वोच्चले मंगलबार अन्तिम फैसला गरेको हो ।
भूमि व्यवस्था मन्त्रालयले २६ साउन २०७४ मा प्लटिङ गर्न स्वीकृति लिएको र अंशवण्डा गर्ने बाहेक जग्गा कित्ताकाटमा लगाएको रोक गत १८ भदौमा भूमि व्यवस्था मन्त्री अर्यालले फुकुवा गरेकी थिइन ।
रिटमा भूउपयोग नक्सा स्थानीय तहलाई नपठाई भूमाफियाको हितका लागि जग्गा कित्ताकाट फुकुवा गरेको भन्दै बदर गर्न माग गरिएको छ । त्यस्तै जग्गा कित्ताकाटको निर्णय फुकुवा जग्गाको खण्डीकरण रोकी चक्लाबन्दी गर्न प्रोत्साहित गर्ने भूउपयोग ऐन २०७६ विपरीत रहेको पनि रिट निवेदनमा उल्लेख छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया