प्रमुख समाचार

जुन गतिबाट राष्ट्र अघि बढ्दैछ राम्रो संकेत देखिँदैन् : पूर्वप्रदेश प्रमुख प्रसाईं

इकागज |
भदौ ५, २०७८ शनिबार १०:८ बजे

हेटौंडा- बागमती प्रदेशको पूर्वप्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले अहिलेको गतिबाट राष्ट्र अघि बढ्दैछ त्यसले राम्रो संकेत नदिएको बताएका छन् । आम नागरिकलाई जस्तै आफुलाई पनि अहिलेको राजनीतिबाट सन्तुष्टी नभएको उनले बताए । 

शनिबार बिहान पत्रकारसँग कुरा गर्दै उनले पूर्व प्रधानमन्त्री केपी ओलीले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउँदा सबैले विरोध गरेको भन्दै सरकारले अध्यादेश फिर्ता लिनु परेको बताए । अहिले त्यहि विरोध गर्नेहरूले अध्यादेश ल्याउँदा लोकतान्त्रिक भयो । उनले भने, 'अहिले जुन गतिबाट राष्ट्र अघि बढ्न खोजेको छ, त्यसले राम्रो संकेत दिँदैन ।' 


उनले पदमा नरहँदा पनि संवैधानिक हिसाबले चल्ने भन्दै आफुलाई प्रदेश प्रमुखमा सिफारिश गर्ने तत्कालिन प्रधानमन्त्री ओली र प्रदेश प्रमुखमा नियुक्त गरेकोमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई धन्यवाद दिए । बागमती प्रदेश प्रमुखको जिम्मेवारी प्रसाईंले ०७६ साल कात्तिक १९ गतेबाट सम्हालेका थिए । २१ महिना १६ दिनसम्म प्रदेश प्रमुखको जिम्मेवारीमा रहेका प्रसाईंले सक्रिय राजनीतिबाट आउँदा साँघुरो घेराभित्र बसेको महसुस भएपनि सन्तुष्ट रहेको बताए । 

जाँदैजाँदै पूर्व प्रदेश प्रमुख प्रसाईंले बागमती प्रदेश प्रमुखमा नियुक्त भएका यादव चन्द्र शर्मालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । बागमती प्रदेश प्रमुख शर्माले आइतबार प्रदेश प्रमुखको जिम्मेवारी सम्हाल्दै छन् । मन्त्रिपरिषद्‌को बैठकले बागमती प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईंलाई पद बाट हटाएर शर्मालाई नियुक्त गर्न राष्ट्रपति विद्यादेवि भण्डारीसमक्ष सिफारिस भएसँगै शुक्रबार शर्माले राष्ट्रपतिबाट पद तथा गोपनियताको सपथ लिएका थिए ।


Author

थप समाचार
x