लुम्बिनीका विनाविभायीय मन्त्री शाही भन्छन् : म स्वतन्त्र हुँ, कारबाही गर्नुको औचित्य छैन
काठमाडौँ - नेकपा एमालेले कारबाही गरेका लुम्बिनी प्रदेशका सांसद तथा विनाविभागीय मन्त्री अजय शाहीले आफू स्वतन्त्र भएको बताएका छन् । शनिबार बुटवलमा आयोजित कार्यक्रममा शाहीले एमाले लुम्बिनी प्रदेशले आफूसँग स्पष्टीकरण माग गरेको र प्रदेश सभा सदस्यबाट समेत निष्काशन गर्न कारबाही प्रक्रिया अगाडी बढाएको कुरा कानुनी र राजनीतिक रूपमा कुनै औचित्य नरहेको पनि बताए ।
शाहीले निर्वाचनमा हृदय त्रिपाठीको नेतृत्वमा रहेको तत्कालिन स्वतन्त्र समूह र नेकपा एमालेबीच ०७४ असोज १६ गते भएको राजनीतिक सम्झौता अनुसार सुर्य चिन्हको प्रयोग गरी स्वतन्त्र रूपमै चुनाव जितेको दाबी गरे ।
कार्यक्रममा नेकपा एमाले संसदीय दलका सचिव तथा पूर्व स्वास्थ्य मन्त्री भोजप्रसाद श्रेष्ठले प्रदेशसभा विधि र कानून सम्वत नचलेसम्म प्रदेश सभा अवरुद्ध गरिरहने बताए ।
सूर्य चिन्ह लिएर जनताको मत प्राप्त गरी चुनाव जितेका प्रतिनिधि नैतिक र राजनीतिक रूपमा एमालेकै भएको हुँदा प्रतिपक्षले मन्त्री बनाउदा पनि सभामुखले राजनीतिक पुर्वाग्रह राख्दै कारबाही नगर्नु विधिसम्वत नरहेको उनले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया