प्रमुख समाचार

प्रधानाध्यापक श्रेष्ठको हत्या जिम्मा चन्द समूहले लियो

लीलावल्लभ घिमिरे  |
मंसिर २३, २०७७ मंगलबार २०:५६ बजे

विराटनगर : मोरङको मिक्लाजुङ गाउँपालिका-१ बिर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्याको जिम्मा नेत्रविक्रम चन्द समूहले लिएको छ । मंगलबार साँझ समुहको मेची-कोसी ब्यूरो इन्चार्ज ‘प्रताप’ले प्रेस विज्ञप्ती निकाल्दै हत्याको जिम्मा लिएका हुन् ।
 
विहान ७ वजेतिर आफ्नै घरवाट अपहरणमा परेका ५४ वर्षीय प्रधानाध्यापक श्रेष्ठलाई घर भन्दा एक किलोमीटर पर जङगलमा पुर्‍याएर दुवै हात पछाडि वाँधेर घाँटी रेटी विभत्स हत्या गरिएको थियो ।
 
विज्ञप्तीमा एक वर्ष अघिदेखि शिक्षक श्रेष्ठले आफुहरू विरुध्द प्रहरी प्रशासनलाई सुचना दिएको, आफ्ना २ जना कार्यकर्तालाई पक्राउ गरेको, पटक-पटक सुध्रिन आग्रह गर्दासमेत अटेर गरेको आरोप लगाएका छन् । उनले विज्ञप्तिमा शिक्षक श्रेष्ठलाई सम्झाउन जाँदा हतियार लिएर आक्रमण गरेकाले प्रतिकार गर्दा मृत्यु भएको उल्लेख गरेका छन् । 

घटनास्थलमा मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्का नेतृत्वको टोली पुगेको छ । अहिले त्यस क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरीएको छ । मोरङ जिल्लाको पहाडी इलाकामा पर्ने त्यो क्षेत्र विकट भएकाले घटना भएको ८ घण्टापछि मात्र सुरक्षाकर्मी पुगेका थिए । केही दिनअघि प्रहरीले मिक्लाजुङबाट चन्द समूहका दुई जना नेतालाई पक्राउ गरेको थियो ।
 



Author

थप समाचार
x