प्रमुख समाचार

कर्णाली गाँउ पसेपछि टीकापुर नगरपालिका-५ शाहीपुरका बासिन्दालाई सुरक्षित स्थानमा सारियो

इकागज |
भदौ ९, २०७८ बुधबार २०:५० बजे

कैलाली - कर्णाली नदी गाउँ पस्‍ने खतरा बढेपछि स्थानीयलाई सुरक्षीत स्थानमा सारिएको छ। कर्णाली नदीले टीकापुर नगरपालिका-५ शाहीपुर नजिकै कटानी तीव्र पारेपछि गाउँ नै खतरामा परेको छ ।

नदीमा पानीको सतह बढ्दै गैरहेको र जमिन समेत कटान गर्न थालेपछि शाहीपुर क्षेत्रका बालबालिकालाई टीकापुर पठाइएको टीकापुर नगरपालिका -८ का अध्यक्ष दीर्घबहादुर ठकुल्लाले बताए । निरन्तर वर्षा भैरहेकाले नदीमा पानीको सतह अझ बढ्न सक्ने र नदीनै गाउँ पस्‍ने सम्भावना देखिएको स्थानीय बताउँछन्।  


सो ठाउँबाट नदी गाउँ पसे टीकापुर नगरपालिका-५ का शाहीपुर, वडा नं. ७ का सत्ती, वडा नं. ८ का सूर्यपुर, विष्णु कान्तिपुर, बनगाउँलगायतका ठाउँ जोखिममा पर्ने स्थानीयले जानकारी दिए।  नदी कटान नियन्त्रणको प्रयास भए पनि पानीको सतह बढिरहेकाले गाह्रो भैरहेको वडाध्यक्ष ठकुल्लाले बताए। उनले कटान रोक्ने प्रयास भइरहेको समेत बताए । 

ईलाका प्रशासन कार्यालय टिकापुरका प्रमुख मोहनराज जोशीले नदी कटान रोक्न प्रयास भइरहेको बताए । उनले केही दिन पहिला नेपाली सेना, नेपाल, प्रहरी, सशस्त्र प्रहरी, रानी जमरा कुलरिया आयोजना, लगायत स्थानीयहरु नदी कटान नियन्त्रणका लागि प्रयास गरेको भएपनि पानीको लेवल बढेकाले जोखिम कायम रहेको बताए । 

पानीको लेवल बढे नदी गाउँ पस्‍ने खतरा रहेको भन्दै प्रमुख जोशीले सबैलाई सतर्कता अपनाउन भनिएको बताए ।


Author

थप समाचार
x