देवदहको घोडाहास्थित पक्की पुल भासियो, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
रातभरीको पानीले रुपन्देही र नवलपरासीका विभिन्न क्षेत्र डुबानमा
बुटवल - अविरल बर्षाका कारण रुपन्देही र नवलपरासीका विभिन्न क्षेत्र डुबानमा परेका छन् । रुपन्देहीको तिलोत्तमा, भैरहवा देवदहका अधिकांश भूभाग डुवानमा परेका हुन् । नवलपरासीको परासी बजार पुर्णरूपमा डुवेको छ ।
धेरका भुईँतलमा पानी पसेको रामग्राम नगरपालिकाका मेयर नागेन्द्र गुप्ताले बताए । रुपन्देहीको देवदहस्थित घोडाहाको पक्की पुल भासिँदा पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ । देवदह प्रहरी चौकीका प्रमुख गंगा सारूले घोडाहाको पुल भासीदा राजमार्ग अवरुद्ध भएको बताए ।
त्यस्तै नवलपरासीको गैडाकोमा रहेको डाईभ्रसन बगाउदा रातिदेखि नै राजमार्ग अवरुद्व भएको छ । पानी नरोकिएकोले उद्वार र सडक गर्न समस्या भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तमाङले बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया