प्रदेश १ मा तिवारी पर्यटन र साम्सोहाङ सामाजिक विकास मन्त्री बन्ने
विराटनगर – प्रदेश १ मा मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ । प्रदेश सभा सदस्यद्वय लक्ष्मण तिवारी र बलबहादुर साम्सोहाङ मन्त्री बन्ने पक्का भएसँगै मन्त्रालय पनि बाँडफाँट गरिएको छ । तिवारी उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री र साम्सोहाङ सामाजिक विकास मन्त्री बन्ने पक्का भएको हो । उनीहरुको केही बेरमा पद तथा गोपनीयताको शपथ लिँदैछन् ।
त्यस्तै अन्य थप दुई मन्त्रीको विषयमा भने छलफल भइरहेको बताइएको छ । तर, दुई जनाको नामको विषयमा भने सहमित हुन सकेको छैन ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया