टि-२० बरियतामा सन्दिप एक स्थानमाथि उक्लिए
फाइल तस्बिर
काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले जारी गरेको नयाँ टि-२० बरियताअनुसार नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने एक स्थानमाथि उक्लिएका छन् ।
आइसीसीले बुधबार सार्वजनिक गरेको बरियतामा नेपाली खेलाडी लामिछाने बलिङतर्फ एक स्थान उक्लिएर ८०औँ स्थानमा पुगेका छन् । उनले भारतीय खेलाडी रवीन्द्र जडेजालाई पछि पारेका छन् । जडेजा ८१ औँ स्थानमा छन् । यसअघिको बरियतामा लामिछाने ८१औँ स्थानमा थिए ।
चर्चित बलरहरु बेन स्टोक र कार्लोस ब्रेथवेट पनि नयाँ बरियतामा लामिछानेभन्दा पछाडि छन् । नयाँ बरियातामा बे्रथवेट ८२ औँ स्थानमा तथा स्टोक ८५औँ स्थानमा रहेका छन् । लामिछानेले क्यारेवियन प्रिमियर लिग (सिपीएल) पछि कुनै पनि प्रतियोगिता खेलेका छैनन् । इन्डियन प्रिमियर लिग (आइपीएल) मा कुनै पनि खेल खेल्न नपाएका कारण लामिछानेको बरियतामा उल्लेख्य सुधार हुन नपाएको बताइएको छ । (रासस)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया