पाल्पामा घरले च्यापेर बालिकाको मृत्यु
बुटवल - अविरल वर्षाले घर भत्किदा पाल्पामा आइतबार बिहान एक बालिकाको मृत्यु भएको छ । पाल्पाको तानसेन नगरपालिका-५, कैलाशनगरस्थित नारायण दर्जीको एक तले कच्ची घर अविरल वर्षाले भत्किदा १० वर्षीय छोरी नैना दर्जीको सुतिरहेको अवस्थामा च्यापेको थियो ।
ढुंगा माटोले पुरिएको अवस्थामा उद्धार गरी तानसेनस्थित मिसन अस्पताल लगिए पनि उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए । घटनास्थलमा प्रहरी टोली खटिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया