कार्यकर्ताको चाहना मलाई सभापति भएको देख्ने छ : महामन्त्री कोइराला
चितवन : नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टीको १४ औं महाधिवेशन फागुनमा सम्भव नभएको बताएका छन् । बिहीबार चितवनमा पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले क्रियाशील सदस्यता वितरणदेखि दाबी विरोधलगायत काम गर्न बाँकी रहेकाले तोकिएको समयमा महाधिवेशन सम्भव नरहेको बताए ।
यी सबै काम गर्नका लागि पनि अझै समय लाग्ने भएकाले पार्टीको महाधिवेशन चैत अन्तिम साता वा वैशाखमा गर्नुपर्ने उनको भनाइ थियो । उनले भने, 'मङ्सिर मसान्तसम्म जिल्लाबाट क्रियाशील सदस्य आउनुपयो । त्यसमा दाबी विरोध हुन्छ । त्यसलाई समय दिनुपर्यो ।'
महाधिवेशनमा आफू कुन पदमा लड्ने भन्ने विषयमा टुङ्गो लागिनसकेको उनको भनाइ थियो । पार्टीभित्रका जिम्मेवार व्यक्तिसँग कुरा चलिरहेकाले छलफलबाट उम्मेदवार टुङ्गो लगाइने उनले बताए । उनले भने, “कार्यकर्ताको चाहना मलाई सभापति भएको देख्ने छ । रामचन्द्रजी, प्रकाशमानजी, शेखर दाइ, सुजातालगायत जिम्मेवार व्यक्तिसँग छलफल भएको छैन ।”
कुराकानीका क्रममा उनले अहिलेका अवस्थामा कांग्रेस सरकारमा नजाने स्पष्ट गर्नुभयो । सरकारमा जाने हो भने पार्टीलाई ठूलो घाटा लाग्ने कोइरालाको भनाइ थियो । उनी प्रतिनिधि सभाका सांसद्समेत हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया