राप्रपा नेता लिङ्देन अस्वस्थ, एयर एम्बुलेन्सबाट काठमाडौँ लगियो
झापा : राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री तथा झापा क्षेत्र नं ३ बाट निर्वाचित सांसद राजेन्द्र लिङ्देनलाई निमोनियाले ग्रस्त बनाएपछि उपचारका लागि बिहीबार झापाबाट काठमाडौँ लगिएको छ । पार्टीका जिल्ला सचिव केशव ओझाका अनुसार केही दिनदेखि अस्वस्थ उनीमा निमोनिया सङ्क्रमण पुष्टि भएपछि आजै उपचारका लागि विर्तामोडको बिएन्डसी हस्पिटलको सघन उपचार कक्षमा भर्ना गरिएको थियो । निरन्तर अक्सिजनको मात्रा घट्न थालेपछि नेपाली सेनाको एयर एम्बुलेन्स झिकाएर थप उपचारका लागि उनलाई बिहीबार बेलुकी ७:३० बजे काठमाडौँ लगिएको ओझाले बताए ।
नेपाली सेनाको एयर एम्बुलेन्स चन्द्रगढी विमानस्थलमा अवतरण भएको थियो । उहाँलाई काठमाडौँको मेडिसिटी हस्पिटल लगिएको जनाइएको छ । उनको पिसिआर परीक्षण गरिएको र कोभिड-१९ नेगेटिभ रिपोर्ट आएको ओझाले जानकारी दिए । सांसद लिङ्देनले झापामा राप्रपाले आयोजना गरेको मोटरसाइकल र्यालीको नेतृत्व गरेका थिए । (रासस)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया