सरकारले स्वीकार गर्यो स्वीस सरकारको एक अर्ब ९३ करोड सहायता
काठमाडौँ – सरकारले स्वीस सरकारले दिएको एक अर्ब ९३ करोड सहायता स्वीकार गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले स्वीस सरकारद्वारा दिगो तथा सम्मानित रोजगारीका लागि शीप परियोजना दोस्रो चरणको कार्ययोजनाका लागि प्राप्त हुने १४ दशमलव सात मिलियन (करिब एक अर्ब ९३ करोड) सहायता स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
त्यस्तै बैठकले ढल्केबर मुहारपट्टी १३२ केभी प्रशारण लाइनको पावर हाउस निर्माण गर्न आवश्यक पर्ने जग्गा प्राप्ती गर्न स्वीकृति दिने निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिए ।
माओवादी सेनाका घाइते अपांग सशस्त्र द्वन्द्व एतिहासिक जनआन्दोलन र मधेसको जनआन्दोलनका घाइते अपांगहरूका लागि कोष स्थापनाका लागि निर्देशिका २०७८ स्वीकृत गन निर्णय गरेको छ ।
आर्थिक वर्ष २०७८/७९ को बजेटमा बृद्धि भएको ३३ प्रतिशत सामाजिक सुरक्षा भत्ता मासिक भत्ता कायम गर्ने निर्णय पनि बैठकले गरेको छ ।
नेपाल परराष्ट्र सेवा राजपत्रांकित द्वृतिय श्रेणीका उपसचिवहरू कृष्णचन्द्र अर्याल र धनबहादुर ओलीको राजपत्रांकित सहसचिवमा बढुवा गर्ने निर्णय पनि बैठकले गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया