प्रमुख समाचार

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा रिट दर्ता

इकागज |
भदौ १७, २०७८ बिहीबार १७:४८ बजे

काठमाडौँ - प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको आगामी मंसिर ९ देखि १३ गतेसम्म निर्धारण भएको १४ औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

कांग्रेसबाटै बागमती प्रदेशमा निर्वाचित सांसद नरोत्तम वैद्यले महाधिवेशन रोक्न माग गर्दै रिट दायर गरेका र सो रिट दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए । 


‘नरोत्तम वैद्यले नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै रिट दर्ता गर्नुभएको छ,’ प्रवक्ता दाहालले इकागजसँग भने, ‘अब पेसीमा  चढ्छ । कोभिड–१९का कारणले गर्दा २५ जना भन्दा बढी भेला हुन नसक्ने अवस्थामा कांग्रेसको कुम्भ मेला शैलीको महाधिवेशन हुन सक्दैन जिकिर गरेका छन् ।’

रिटमा महाधिवेशन सार्न माग गरिएको छ । वैद्यले शुक्रबारबाट हुन गइरहेको अधिवेशन सारेर कहिलेबाट सुरु गर्ने भन्नेबारे भने रिटमा केही खुलाएका छैनन् । रिटमा कोभिड महामारी रहेकै बेला महाधिवेशन गरे लाखौंको ज्यान जोखिममा पर्ने उल्लेख छ । 

सर्वोच्च प्रशासनले रिट दर्ता गर्नुअघि सबै सरकारी कार्यालय खुलेको बेलामा महाधिवेशन सार्न भन्दै रिट दर्टा गर्न मिल्छ भनेर सोधेको थियो । तर रिट निवेदकले दर्ता गर्दैपर्छ भनेर जिद्दी गरेपछि प्रशासनले रिट दर्ता भएको हो । 

३० साउनमा बुढानीलकण्ठमा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले १४औं महाधिवेशनको मंसिर ९ गतेदेखि १३ सम्म गर्ने निर्णय गरेको थियो । 
 


Author

थप समाचार
x