प्रमुख समाचार

सरकार विदेशीको इशारामा चल्यो : प्रदीप ज्ञवाली

इकागज |
भदौ १८, २०७८ शुक्रबार १६:२० बजे

काठमाडौँ -  नेकपा (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीले वर्तमान सरकार विदेशी शक्तिको इशारामा चलेको आरोप लगाएका छन् । शुक्रबार एमाले ललितपुर जिल्ला कमिटीले ललितपुरमा गरेको कार्यक्रममा ज्ञवालीले वर्तमान सरकारले देश र जनताका लागि नभएर बिदेशीको इशारामा काम गरेको आरोप लगाएका हुन् ।

उनले दार्चुलामा तुइन काटेर नेपाली बेपता भएको घटनादेखि लिपुलेक कालापानीका विषयमा सरकार मौन बसेको पनि आरोप पनि लगाए । ज्ञवालीले सरकारले एमाले टुक्राउनकै लागि अध्यादेश ल्याएको भन्दै एमालेलाई फुटाएको परिणाम आगामी निर्वाचनमा देखिने बताए ।


निर्वाचनमा जनादेशको माध्यमबाट फेरि आफ्नो पार्टी सरकारमा फर्कने उनको दाबी छ । आगामी भाद्र २२ गते अध्यादेश निष्कृय पारेर सरकार विस्तार गर्ने योजना देखिएको भन्दै  उनले गठबन्धनले लज्जास्पद काम गरेको बताए । उनले केहि एमालेका नेताहरू गलत बाटोमा गएको भन्दै एमालेमा फर्कन आह्वान पनि गरे ।

एमाले सरकारमा आएपछि फेरि देशलाई ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय अभियानमा साथअघि बढाउने पनि उनकाे भनाइ छ ।  


Author

थप समाचार
x